एनपीएलमा आज दुई रोमाञ्चक खेल : काठमाण्डू र कर्णाली

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१२ मंसिर ,काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार दुई महत्वपूर्ण खेल हुँदैछन्। यस दिन मैदानमा उत्रने चार टोलीमध्ये काठमाण्डू गोर्खाज र कर्णाली याक्स ‘जित्नैपर्ने’ दवाबमा रहेका छन्।

पहिलो खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहान ११ः४५ बजे चितवन राइनोज र काठमाण्डू गोर्खाजबीच हुनेछ। चार अंकसहित चितवन अंक तालिकाको तेस्रो स्थानमा छ भने काठमाण्डूले तीन खेलबाट जम्मा दुई अंक मात्र जोडेको छ। प्लेअफको सम्भावना जीवित राख्न काठमाण्डूका लागि जित अनिवार्यजस्तै बनेको छ।

त्यस्तै अपराह्न ४ बजे कर्णाली याक्स र विराटनगर किङ्स आमनेसामने हुनेछन्। तीन खेलबाट दुई अंक जोडेको कर्णाली पनि प्लेअफमा टिक्न विजय हासिल गर्ने लक्ष्यसहित मैदानमा उत्रनेछ। उता, चार खेलबाट छ अंक बटुलेको विराटनगर तालिकाको दोस्रो स्थानमा छ। आजको खेल जिते विराटनगरको प्लेअफ यात्रा झनै सहज बन्नेछ।

आजका दुवै खेल प्लेअफ समीकरणमा निर्णायक बन्न सक्ने भएकाले दर्शकहरूका लागि रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

Leave a Comment