१२ माघ,कलैया-सडक दुर्घटनामा परि मृत्यु भएको खेलाडी प्रति बास्केटबल संघद्वारा श्रद्धञ्जली व्यक्त गरिएको छ । आईतबार सडक दुर्घटनामा परि मृत्यु भएको बास्केटबल खेलाडी आयुष गुप्ता प्रति बारा बास्केटबल संघद्वारा श्रद्धञ्जली व्यक्त गरिएको हो ।
बास्केटबल संघ बाराका संस्थापक अध्यक्ष हरियोम गुप्ताका अनुसार देशले एउटा अनुशासित, अनुभवी धरोहर गुमाएको छ । जिल्ला लेबल देखि राष्ट्र लेवल सम्म राम्रो खेल्दै गरेको एउटा दक्ष खेलाडी अनाहकमा ज्यान गुमाउनु पर्दा आखा रसाएको अध्यक्षले बताए ।
बास्केटबलमा देश विदेशमा खेलाडी उत्पादन गर्ने बारा उर्वर भुमी रहेको अध्यक्ष गुुप्ताले बताए ।
राज्यको खोखला नितिले गर्दा दुर्घटना बनेको उनले बताए । ओभरलोड, ओभरस्पिडलाई पैसाको बलमा छोडने र नाटक गर्न गरिब निमुखा जनतालाई चेकिङ्ग नाममा दुख दिने गरेको उनले आरोप लगाए ।
राज्य संयन्त्र कमजोर हुदा यातायात कार्यालयहरूले पैसाको बलमा ज्यानमारा लाइसेन्स वितरण गर्नु पनि दुर्घटनाको प्रमुख कारण रहेको गुप्ताले बताए ।
कलैया उपमहानगरपालिका वडा नम्बर ३ भवानीपुर स्थित जय गुप्ताको २२ वर्षीय छोराको दुर्घटनामा परि मृत्यु भएको हो ।
बिहान करिब ७ बजेको समयमा विरगज-१० घडिअर्वाका विनोद साह कानुको छोरा ३० वर्षीय मौसम साह कानु सोही स्कुटीमा सवार भई विरगज स्थित नेशनल ईन्फोटेक कलेजमा पढन जाने क्रममा दुर्घटनामा परेका थिए ।
गुप्ताको टाउकोमा गम्भीर चोट लागेको थियो भने कानुको टाउको, हात, ढाडमा चोट लागेको छ । अचेेत अवस्थामा रहेका कानुको थप उपचार विरगज स्थित सर्वोत्तम हस्पिटलमा भईरहेको आफन्तले जानकारी गराएका छन ।
प्रसौनी गाउपालिका -२ स्थित दुधौरा पुल नजिक विरगजबाट कलैया आउदै गरेको प्रदेश ०३-००२ख ४१०२ नम्बरको ट्रकले विपरित दिशाबाट गईरहेको प्रदेश ०३-०२७ प ७८२९ नम्बरको स्कुटीलाई ठक्कर दिएको प्रहारी निरिक्षक टुपेन्द्र श्रेष्ठले बताए ।
ओभरलोड रहेको ट्रक दुर्घटना गरि तेज गतिमा भाग्ने प्रयास गर्ने क्रममा कलैया-२ स्थित हनुमान मन्दिरको चेकिङ्ग प्वाईन्टमा प्रहरीले ट्रक सहित चालक चन्द्रपुर नगरपालिका-२ का २४ वर्षीय दिपेश चौधरीलाई नियन्त्रणमा लिएको श्रेष्ठले बताए । नियन्त्रणमा लिएकोलाई आवश्यक कारवाही प्रक्रिया अघि बढाईएको उनले बताए ।






