२५ चैत्र,बारा: नेकपा (एमाले) बाराकाे अध्यक्षमा अध्यानन्द पाण्डेय निर्वाचित हुनु भएको छ । एमालेको ११ ओैं जिल्ला अधिवेशनबाट अध्यक्षमा पाण्डेय निर्वाचित भएका छन् । पाण्डेयले टिना सुवेदीलाई ३४ मतको मतान्तरले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन । पाण्डेयले ३७७ र सुवेदीले ३४३ मत ल्याए ।
छुट्टाछुट्टै प्यानल खडा गरेर दुबैजना चुनावी मैदानमा उत्रेका थिए । अध्यक्षमा सुवेदी पराजित हुँदा उनकाे प्यानलका सचिवमा अमृत शर्मा बजगाइ सिर्जन बिजयी भएका छन् ।
त्यसैगरी उपाध्यक्षमा भुलन चौधरी ,उपसचिवमा जवाहिर अंसारी ,उपसचिव महिलामा भावना आचार्य निर्वाचित भएका हुन ।