ओलीका पिता मोहनप्रसाद ओलीको पशुपति आर्यघाटमा अन्त्येष्टि

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, २९ फागुन २०८२। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री का पिता मोहनप्रसाद ओलीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ।

परिवार स्रोतका अनुसार शुक्रबार बिहान ११ बजेपछि मा उनको दाहसंस्कार गरिने तयारी गरिएको छ। अन्त्येष्टिअघि श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर भक्तपुरको गुन्डुस्थित ओली निवासमा राखिएको थियो।

अध्यक्ष ओली, उनकी पत्नी तथा परिवारका सदस्यहरूले अस्पतालमै पुगेर मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

९७ वर्षका मोहनप्रसाद ओलीको शुक्रबार बिहान करिब ३ बजेतिर भक्तपुरको गठ्ठाघरस्थित कोरियन अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

स्वर्गीय ओलीका दुई छोरा र तीन छोरी रहेका छन्।

Leave a Comment