काठमाडौं-१२ असोज ।
नेपाली क्रिकेट टोलीले वेस्ट इन्डिजलाई हराउँदै रचेको ऐतिहासिक जितले देशको गौरव बढाएको भन्दै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना व्यक्त गरेका छन्।
उनले जारी वक्तव्यमा यो सफलता नेपाली युवाशक्ति, उत्कृष्ट क्षमता, अनुशासन र राष्ट्र निर्माणप्रतिको संकल्पको ज्वलन्त उदाहरण भएको उल्लेख गरेका छन्। “यसले नेपाली युवाले हरेक चुनौती सामना गर्न सक्छन् भन्ने प्रमाणित गरेको छ,” उनले भने।
साथै प्रचण्डले आगामी खेलहरूमा समेत टिमले अझै उच्च प्रदर्शन गरेर देशलाई थप गर्व दिलाउने विश्वास व्यक्त गरे।



Leave a Reply