सप्तरी — सप्तरीमा प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ।
हनुमाननगर कङ्कालिनी नगरपालिका–८, जोगिनियाबाट प्रहरीले ३०२ किलो ४८० ग्राम गाँजा बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरी टोलीले १२ वटा बोरामा राखिएको गाँजासहित हनुमाननगर कङ्कालिनी नगरपालिका–७ मुखिया टोलका ५३ वर्षीय माधुरी मुखियालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद गाँजा नियन्त्रणमा लिएर पक्राउ परेका मुखियामाथि थप अनुसन्धान अघि बढाइएको छ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सप्तरीमा ३०२ किलो गाँजासहित ५३ वर्षीय व्यक्ति पक्राउ
Leave a Comment
Leave a Comment

