बिमामा लगानी गर्न स्थानीय तहलाई बिमा प्राधिकरणको आग्रह

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 113
पढ्न लाग्ने समय : 1 मिनेट

२९ चैत्र, बारा: नेपाल बिमा प्राधिकरणले बिमामा लगानी गर्न स्थानीय तहहरुलाई आग्रह गरेको छ ।
वीरगन्जमा आज आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले बिमामा लगानी गर्न स्थानीय तहहरुलाई आग्रह गर्नु भयो । वहाँले स्थानीय तहहरुले आआफ्ना क्षेत्रका नागरिकको बिमामा थोरै लगानी गरेर धेरै ठूलो क्षतिबाट जोगिने बताउनु भयो । वहाँले गरिब र किसानको घर तथा बालीको बिमामा स्थानीय तहले लगानी गर्नु पर्नेमा जोड दिनु भयो ।
मधेस प्रदेशका नागरिकले अझै बिमा तर्फ ध्यान नदिएको प्राधिकरणका निर्देशक दिनेश कुमार लालले जानकारी गराउनु भयो । मधेस प्रदेशका करिब नौ प्रतिशत नागरिकले मात्रै बिमामा समावेश भएको निर्देशक लालले जानकारी गराउनु भयो ।

नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारीले बिमा कम्पनी र संचार क्षेत्र बीच समन्वयको अभाव रहेकोेले प्रभावकारी ढंगले लाग्न प्राधिकरणलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा बारा,पर्सा र रौतहटका संचारकर्मीका साथै बिमा कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहेकोे थियो ।