संखुवासभा ताप्लेजुङ सीमा क्षेत्रमा ४ दशमलव ७ म्याग्निच्युडको भूकम्प

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं १५ फागुन। संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा आज बिहान ४ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ३ बजेर १८ मिनेटमा गएको भूकम्पको केन्द्रविन्दु संखुवासभाको टोप्के गोला आसपास रहेको थियो।

भूकम्पको धक्का संखुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको थियो। बिहानको समयमा अधिकांश मानिस सुतिरहेको बेला धक्का महसुस भएपछि केही स्थानमा स्थानीय बासिन्दा घरबाहिर निस्किएका थिए।

प्रारम्भिक विवरण अनुसार हालसम्म मानवीय तथा भौतिक क्षतिको कुनै जानकारी प्राप्त नभएको सम्बन्धित जिल्लाका सुरक्षा अधिकारीहरुले जनाएका छन्।

Leave a Comment