सरकारको सिफारिसमा संसद् अधिवेशन स्थगित

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ — सरकारको सिफारिसपछि राष्ट्रपति रामचन्द्र पौडेल ले संसद्को चालु अधिवेशन स्थगित गरेका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन स्थगन गर्ने निर्णय गर्दै त्यससम्बन्धी सिफारिस राष्ट्रपतिसमक्ष पठाएको थियो। सो सिफारिस शीतल निवास पुगेलगत्तै राष्ट्रपतिले सोही अनुरूप अधिवेशन स्थगनको निर्णय गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।
स्रोतका अनुसार, “सरकारबाट प्राप्त सिफारिसकै आधारमा निर्णय गरिएको हो।”
यसअघि पनि मन्त्रिपरिषद्कै सिफारिसमा राष्ट्रपतिले आगामी वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका थिए। तर पछिल्लो निर्णयसँगै सो अधिवेशन अहिलेका लागि स्थगित भएको छ।

Leave a Comment