बारा, वैशाख १६ — “लेखक दिवस २०८३” को शुभ अवसरमा बारा जिल्लाको पीपरा–बसतपुर गाउँमा एक विशेष कार्यक्रम आयोजना गरी साहित्यकार माधव प्रसाद गौतमलाई सम्मान गरिएको छ।
कार्यक्रममा “नेपाली लेखक सङ्घ” पर्साका सम्माननीय अध्यक्ष तथा कथाकार विनय राज गौतम र वरिष्ठ साहित्यकार गोपाल अश्कले संयुक्त रूपमा गौतमलाई सम्मान प्रदान गरेका हुन्। गाउँमै पुगेर गरिएको यस सम्मानले स्थानीय स्तरमा साहित्यप्रतिको सम्मान र प्रोत्साहन अझ बढाएको आयोजकले जनाएको छ।
सम्मानित व्यक्तित्व माधव प्रसाद गौतमले लामो समयदेखि साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो। कार्यक्रममा बोल्दै अतिथिहरूले साहित्य समाजको ऐना भएको उल्लेख गर्दै यस्ता सम्मानले सर्जकहरूलाई थप प्रेरणा दिने बताएका थिए।
स्थानीयवासीको उपस्थिति रहेको उक्त कार्यक्रममा साहित्यप्रेमीहरूले पनि खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमले गाउँमा साहित्यिक माहोल सिर्जना हुने विश्वास व्यक्त गरेका छन्।
लेखक दिवस २०८३ का अवसरमा माधव प्रसाद गौतम सम्मानित
Leave a Comment
Leave a Comment

