१३ जेठ,बारा: बाराको कलैया स्थित ए प्लस हस्पिटल एण्ड ट्रमा सेन्टरमा आजदेखी पाठेघर झर्ने रोगको नि:शुल्क शल्यक्रिया(अपरेशन) शिविर शुरु भएको छ।
कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साहले एक कार्यक्रमका बिच उक्त शिविरको उदघाटन गरेका हुन ।
मधेश प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयको आयोजना तथा कलैया उपमहानगरपालिकाको सहयोगमा शिविरको आयोजना भएको कलैया उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय जयसवालले बताएका छन ।
शिविरमा ए प्लस हस्पिटलले सेवाग्राहिलाई निशुल्क बेड, अपरेशन चार्ज, औषधी लगायत हरेक सुबिधा उपलब्ध गराउने अस्पतालका प्रमुख डा. बिकेश पाण्डेयले बताए।
शल्यक्रिया गराएका सेवाग्राहिहरुलाई अस्पतालबाट डिस्चार्ज भएपछी यातायात सुविधा वापत नगद एक हजार प्रदान गरिने छ।
शिविरमा स्त्रीरोग बिशेषग्य डा. तेजप्रताप यादवले शल्यक्रिया गर्ने कार्यक्रमका फोकल पर्सन बिनोद यादवले जनाए।