चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारी निर्वाचनमा महिला उपसभापति पदका लागि सोविता गौतम र तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवार सूचीअनुसार महिला उपसभापति पदमा गौतम र कार्कीको मात्रै उम्मेदवारी परेको छ।
रास्वपाको महाधिवेशनअन्तर्गत शुक्रबार पदाधिकारी चयनका लागि मतदान हुँदैछ। सभापति पदमा रवि लामिछाने र खुला पुरुष उपसभापति पदमा स्वर्णीम वाग्ले सर्वसम्मत चयन भइसकेका छन्।
महामन्त्री पदका लागि भने ८ जनाको उम्मेदवारी परेको छ। महामन्त्रीका लागि प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिनकुमार आचार्य प्रतिस्पर्धामा छन्। महामन्त्रीका दाबेदार जगदिश खरेलले भने उम्मेदवारी फिर्ता लिएका छन्।
त्यस्तै सहमहामन्त्री पदमा ११ जनाले उम्मेदवारी दिएका छन्। जसमा रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, विजय जैरु, हरि ढकाल, हिमेश पन्त र राजीव खत्री रहेका छन्।
सहमहामन्त्री महिला पदमा जुली यादव, जमुना कुमारी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माको उम्मेदवारी परेको छ।
६ दिनदेखि जारी रास्वपाको महाधिवेशनमा सहभागी अधिकांश प्रतिनिधि घर फर्किसकेका छन्। अब बाँकी पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइएको छ।
रास्वपा महिला उपसभापतिमा सोविता र तोसिमाबीच प्रतिस्पर्धा हुँदै
Leave a Comment
Leave a Comment






