सुकुम्बासीको खानामा किरा भेटिएको विषयमा गृहमन्त्रीमाथि सांसद चन्दको प्रश्न

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ — राष्ट्रिय सभा सदस्य रेनु चन्दले सुकुम्बासीलाई दिइएको खानामा किरा भेटिएको घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदै गृहमन्त्री सुधन गुरुङसँग जवाफ मागेकी छन्।
शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद चन्दले मन्त्रीले खान लागेको अमलेटमा काँडा भेटिएको घटनामा तीन लाख रुपैयाँ जरिवाना गरिएको उदाहरण दिँदै सुकुम्बासीको खानामा किरा भेटिँदा सरकारमाथि कस्तो कारबाही हुने हो भन्दै प्रश्न गरिन्।
उनले भनिन्, “मन्त्रीले खान लागेको अमलेटमा काँडा भेटिँदा तीन लाख जरिवाना भयो, त्यो ठीक हो। तर सुकुम्बासीको खानामा किरा भेटिँदा सरकारलाई कति जरिवाना हुन्छ? सरकारमाथि के कारबाही हुन्छ?”
सांसद चन्दले सरकारले सुकुम्बासीप्रति दोहोरो व्यवहार गरेको आरोप लगाइन्। चुनावका बेला व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउने तर सत्तामा पुगेपछि उठिबास लगाउने काम भइरहेको उनको भनाइ थियो।
उनले अहिले होल्डिङ सेन्टरबाट समेत सुकुम्बासीलाई हटाउने काम भइरहेको भन्दै यस्तो कदमले उनीहरूको मानव अधिकार प्रभावित भएको दाबी गरिन्।
“समस्या समाधान गर्ने भन्दै आएका सरकारले नै सुकुम्बासीको अधिकार हनन गरिरहेको छ,” उनले भनिन्।

Leave a Comment