समाचार: गुनासोपछि कलैयाको सार्वजनिक शौचालयमा पानी र विद्युत् सुविधा पुनः सञ्चालन

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

बारा । कलैया उपमहानगरपालिका–१ स्थित मुख्य चोकमा रहेको सार्वजनिक शौचालयमा पानी र विद्युत् सुविधा नहुँदा सेवाग्राही तथा बटुवाले भोग्दै आएको समस्या समाधान भएको छ।
लामो समयदेखि शौचालयमा पानी र बिजुलीको व्यवस्था नहुँदा प्रयोगकर्ताले असहजता भोग्दै आएका थिए। शौचालय प्रयोग गरेबापत शुल्क तिर्नुपर्ने भए पनि आवश्यक सुविधा नपाएको भन्दै सर्वसाधारणले गुनासो गरेका थिए।
समस्या सार्वजनिक भएपछि कलैया उपमहानगरपालिका–१ का वडाध्यक्ष मोहनबहादुर क्षेत्रीले पहल गर्दै शौचालयमा आवश्यक पानी र विद्युत् सुविधा उपलब्ध गराइएको जानकारी दिएका छन्।
अब शौचालय प्रयोग गर्न आउने सेवाग्राहीले सहज रूपमा सेवा पाउने भएका छन्। स्थानीयले समस्या समाधानका लागि गरिएको पहलप्रति खुसी व्यक्त गर्दै सार्वजनिक सेवाका संरचनामा नियमित निगरानी र व्यवस्थापन आवश्यक रहेको बताएका छन्।

Leave a Comment