जर्मनीको सानदार सुरुआत, कुरासाओमाथि ७–१ को फराकिलो जित

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, असार १ — चार पटकको विश्वविजेता जर्मनीले फिफा विश्वकप २०२६ को पहिलो खेलमै प्रभावशाली प्रदर्शन गर्दै डेब्युटेन्ट राष्ट्र कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गरेको छ। ह्युस्टन स्टेडियममा सम्पन्न खेलमा जर्मनीले आक्रामक खेल प्रस्तुत गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो।
खेलको छैटौँ मिनेटमै फ्लोरियन विर्ट्जको पासमा फेलिक्स नमेचाले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। तर २१औँ मिनेटमा लिभानो कोमेनेन्सियाले जर्मन रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै गोल गरेपछि कुरासाओले खेललाई १–१ को बराबरीमा ल्याएको थियो।
बराबरीपछि दबाबमा परेको जर्मनीले पहिलो हाफको अन्त्यतिर लगातार दुई गोल गर्दै खेल आफ्नो पक्षमा मोड्यो। ३८औँ मिनेटमा निको स्लोटरबेकले हेडमार्फत गोल गरे भने इन्जुरी समयमा काई हाभर्ट्जले पेनाल्टीलाई गोलमा परिणत गर्दै टोलीलाई ३–१ को अग्रता दिलाए।
दोस्रो हाफमा जर्मनी झन् आक्रामक बन्यो। ४७औँ मिनेटमा जमाल मुसियालाले गोल गरेपछि जर्मनीको अग्रता फराकिलो बन्यो। त्यसपछि नथानिएल ब्राउन, डेनिस उन्दाभ र काई हाभर्ट्जले थप गोल गर्दै जर्मनीको जितलाई अझ प्रभावशाली बनाए।
हाभर्ट्जले खेलमा दुई गोल गर्दा फेलिक्स नमेचा, निको स्लोटरबेक, जमाल मुसियाला, नथानिएल ब्राउन र डेनिस उन्दाभले एक–एक गोलको योगदान दिए। कुरासाओका लागि लिभानो कोमेनेन्सियाको गोल मात्र सान्त्वना बन्यो।
फराकिलो जितसँगै जर्मनीले समूह ‘ई’ मा तीन महत्वपूर्ण अंक जोड्दै उपाधि यात्राको बलियो संकेत दिएको छ। विश्वकपमा पहिलो पटक सहभागी भएको कुरासाओ भने आफ्नो डेब्यु खेलमा अनुभवी प्रतिद्वन्द्वीको दबाब झेल्न बाध्य

Leave a Comment