प्रतिनिधिसभा बैठक बुधबारका लागि सारियो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 0 मिनेट

काठमाडौँ — मंगलबार दिउँसो १ बजेका लागि तय गरिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
संघीय संसद् सचिवालयले मंगलबार सूचना जारी गर्दै ‘विशेष कारण’ देखाउँदै निर्धारित बैठक बुधबारका लागि सारिएको जनाएको छ।
सचिवालयका अनुसार अब प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्नेछ। बैठक स्थगित गर्नुको थप कारण भने सूचनामा खुलाइएको छैन।

Leave a Comment