बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले दिए राजीनामा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले लेबर पार्टीको नेताबाट राजीनामा दिने घोषणा गरेका छन् ।
नीतिगत परिवर्तन, पार्टीभित्रको दबाब र घट्दो जनसमर्थनबीच स्टार्मरले सोमबार राजीनामा घोषणा गरेका हुन् । लन्डनस्थित प्रधानमन्त्री कार्यालय ‘टेन डाउनिङ स्ट्रिट’ बाहिर सम्बोधन गर्दै उनले आफूले गरेका सबै निर्णय देशको हितलाई केन्द्रमा राखेर गरिएको बताए ।
‘मैले लिएका हरेक निर्णय मेरो देशलाई पहिलो स्थानमा राख्ने उद्देश्यले गरिएको हो,’ स्टार्मरले भने, ‘त्यसैले म लेबर पार्टीको नेताको पदबाट राजीनामा दिन्छु ।’
उनले नयाँ नेता चयन प्रक्रिया आगामी जुलाईबाट सुरु हुने जानकारी दिएका छन् । नयाँ नेता चयन नभएसम्म स्टार्मर नै बेलायतको प्रधानमन्त्रीको जिम्मेवारीमा रहनेछन् । नयाँ नेता सेप्टेम्बरसम्म चयन हुने अपेक्षा गरिएको छ ।
सन् २०२४ को आमनिर्वाचनमा लेबर पार्टीलाई जिताउँदै प्रधानमन्त्री बनेका स्टार्मरको कार्यकाल पछिल्लो समय नीतिगत विवाद र घट्दो लोकप्रियताका कारण चुनौतीपूर्ण बन्दै गएको थियो ।

Leave a Comment