बोलिभियामा सैनिक विमान दुर्घटना : १५ जनाको मृत्यु, ३० घाइते

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, फागुन १६ — दक्षिण अमेरिकी बोलिभिया देश मा सेनाको हरक्युलिस विमान दुर्घटनामा पर्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।

शनिबार बिहान भएको दुर्घटनामा वायु सेनाको मालवाहक विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर विमानस्थल नजिकैको सडकमा पुगेको बताइएको छ। खराब मौसमका कारण विमान नियन्त्रण बाहिर गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

विमानमा देशको केन्द्रीय बैंकका नोट बोकेर लैजाँदै गर्दा दुर्घटना भएको र सडकमा विमान ठोक्किँदा करिब १५ वटा सवारीसाधनमा क्षति पुगेको प्रारम्भिक विवरणमा उल्लेख छ। दुर्घटनापछि विमान दुई टुक्रा भएको र नोट तथा अवशेष सडकभर छरिएको प्रत्यक्षदर्शीले बताएका छन्।

दुर्घटनापछि अस्थायी रूपमा बन्द गरिएको छ। स्थिति नियन्त्रणमा लिन स्थानीय सुरक्षाकर्मीले पानीका फोहरा र अश्रुग्यास प्रयोग गरेका छन्।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान सुरु गरिएको अधिकारीहरूले बताएका छन्।

Leave a Comment