बुधबारदेखि फेरि भरी ग्यास सिलिन्डर बिक्री, १४.२ केजी सिलिन्डरको मूल्य २ हजार ६० रुपैयाँ

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, असार ३० — केही समयदेखि आधा भराइ (७.१ केजी) मा बिक्री हुँदै आएको एलपी ग्यास अब पुनः पुरानै व्यवस्थाअनुसार भरी सिलिन्डरमा उपलब्ध हुने भएको छ।
नेपाल आयल निगमले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार असार ३१ गते (बुधबार)देखि १४.२ केजी क्षमताको भरी ग्यास सिलिन्डर बिक्री–वितरण सुरु गरिनेछ। उपभोक्ताको मागलाई ध्यानमा राख्दै पूर्ण क्षमताको सिलिन्डर पुनः बजारमा ल्याइएको निगमले जनाएको छ।
निगमले १४.२ केजी ग्यास भएको एक सिलिन्डरको खुद्रा मूल्य २ हजार ६० रुपैयाँ निर्धारण गरेको छ।
यद्यपि, बजारमा रहेका आधा सिलिन्डर पूर्ण रूपमा प्रतिस्थापन नभएसम्म ७.१ केजी र १४.२ केजी दुवै प्रकारका सिलिन्डर केही समय समानान्तर रूपमा बिक्री हुनेछन्।
निगमले उपभोक्तालाई ग्यास खरिद गर्दा सिलिन्डरको तौल र तोकिएको मूल्य यकिन गरेर मात्र खरिद गर्न आग्रह गरेको छ।

Leave a Comment