शनिबार ३० फागुन २०८२, काठमाडौं-नेकपा एमालेले प्रतिनिधिसभाको समानुपातिकतर्फ पठाइने १६ जना सांसदको नाम टुंगो लगाएको छ। शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले ती नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो।
पार्टीका उपमहासचिव लेखराज भट्टका अनुसार समानुपातिकतर्फ समावेशी सिद्धान्तअनुसार विभिन्न समूहबाट १६ जनाको नाम छनोट गरिएको हो।
एमालेले सिफारिस गरेका नामहरू यस प्रकार छन्:
जनजाति
महिला :
– भूमिका सुब्बा
– गंगादेवी श्रेष्ठ
पुरुष :
– रामबहादुर थापा मगर
– कुलभक्त शाक्य
खस आर्य
महिला :
– पद्मा अर्याल
– टुकाभद्रा हमाल
– एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)
पुरुष :
– गुरु प्रसाद बराल
– पुष्पराज कंडेल
थारु
– कृपाराम राना
दलित
महिला :
– विष्णुमाया वी.के.
– नीता घतानी
मधेसी
महिला :
– रिङ्ला यादव
– यशोधा कुमारी यादव
पुरुष :
– चन्द्रेश्वर मण्डल
मुस्लिम
महिला :
– साजिदा सिद्दीकी
निर्वाचन आयोगले दलहरूलाई प्राप्त सिट संख्याका आधारमा समानुपातिक सांसदको नाम निश्चित समयभित्र सिफारिस गर्न निर्देशन दिएको छ। एमालेले सोही अनुसार सूची टुंग्याएको जनाएको छ।

