अधिकारी र पंगेनीसंंगै नेपाल प्रहरीका २५ जना एसपी एसएसपी बढुवाकालागी सिफारिस

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 234
पढ्न लाग्ने समय : 1 मिनेट

१ माघ, बारा: नेपाल प्रहरीका २५ जना एसपीहरु एसएसपी बढुवाकालागी सिफारिसमा परेका छन ।
एसपीहरु नवराज अधिकारी र कृष्ण पंगेनीसंगै २५ जना एसपीहरु बढुवा सिफारिसमा परेका हुन ।
गृह मन्त्रालयले सार्वजनिक गरेको बढुवा सिफारिस सुचीमा अधिकारी पाँचौ नम्बर र पंगेनी आठौं नम्बरमा परेका हुन ।
मन्त्रालयले गरेको सिफारिसमा बाराका एसपी महेन्द्र खडका २४ औ नम्बरमा परेका छन ।


बारामा काम गरिसकेका एसपीहरु होबिन्द्र बोगटी, अधिकारी, खडका र पंगेनी एसएसपी बढुवाकालागी सिफारिसमा परेका हुन।

त्यस्तै एसपी प्रकाश मल्ल, सञ्जय सिंह थापा, सन्तोष सिंह राठोर लगायत सिफारिसमा परेका हुन।