बस दुर्घटनामा १४ जना घाइते

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 104
पढ्न लाग्ने समय : 1 मिनेट

२७ असार,बारा: पुर्व पश्चिम राजमार्ग अन्तरगत बाराको पसाह खोला नजिक भएको बस दुर्घटनामा १४ जना यात्री घाइते भएका छन् ।

जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर-१६ मा बिहान बस दुर्घटना भएको हो ।

मलङगवाबाट वीरगञ्जका लागि छुटेको ना ४ ख ७१९४ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । अन्य सवारीलाई ओभरटेक गरेर अगाडी जान खोज्दा बस अनियन्त्रित भइ सडक छेउमा पल्टिएको प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताए ।

दुर्घटनामा १ जना महिला गम्भिर घाइते भएकी छन् । रौतहटकी अन्दाजी ४२ वर्षकी सन्झा देवी गम्भिर घाइते भएकी हुन् ।

यस्तै दुर्घटनामा ३ जना मध्यम र अन्य सामान्य घाइते भएका प्रहरी जनाएको छ । घाइतेहरुको सिमरास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी जनाएको छ ।

प्रहरीले बसका सहचालक मलङगवाका राकेश कुमार साहलाई नियन्त्रणमा लिएको छ । चालक फरार रहेकाले उनको खोजी भइरहेको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको ।