२९ असार,वीरगन्ज : वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित मितेरी पुलको दक्षिणपट्टी दसगजामा गोली चलेको छ।
प्रत्यक्षदर्शीहरूका अनुसार भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालतर्फ छिरेर गोली चलाएको छ ।
स्थानीयका अनुसार, केही व्यक्तिहरू कबाडी सामान खोज्दै जाने क्रममा भारतीय एसएसबीले उनीहरूलाई रोक्ने प्रयासमा गोली चलाएको हो ।
यस घटनामा भने कुनै मानवीय क्षति भएको छैन ।
पर्सा प्रहरीका अनुसार घटनास्थलमा गोलीको खोका फेला परेको छ ।
तर गोली कसले चलाएको भन्नेबारेमा अझै पुष्टि भएको छैन। हाल घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सीमामा यसप्रकारका घटनाहरूले सुरक्षा संवेदनशीलतामाथि थप प्रश्न उठाएको छ भने स्थानीय बासिन्दाहरूमा त्रासको स्थिति छाएको छ।
Leave a Reply