रास्वपाको समानुपातिक सूची तयार, ५७ जनाको नाम आयोगमा बुझाइने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र  (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फ सांसद बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ।

आइतबार बसेको पार्टीको सचिवालय बैठकले ४८ महिला र ९ पुरुष गरी कुल ५७ जनाको सूची अन्तिम रूप दिएको पार्टीकी प्रवक्ता ले जानकारी दिइन्।

उनका अनुसार समावेशी क्लस्टरअनुसार खसआर्यबाट १७, आदिवासी जनजातिबाट १६, मधेशीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम समेटिएको छ।

तय भएको नामावली आजै मा बुझाइने पनि उनले बताइन्।

रास्वपाले हाल क्लस्टरअनुसार परेका व्यक्तिको नाम सार्वजनिक नगरेको बताउँदै आयोगले सूची रुजु गरी स्वीकृत गरेपछि मात्रै विस्तृत नामावली सार्वजनिक गरिने जनाएको छ।

Leave a Comment