काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरलाई प्रहरी प्रधान कार्यालयमा बोलाइएको छ ।
स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले केही आन्तरिक विषयमा जानकारी लिनुपर्ने भएकाले एसपी कुँवरलाई मुख्यालयमा बोलाएको हो।
यद्यपि, उनीसँग कुन विषयमा सोधपुछ गर्न लागिएको हो भन्नेबारे प्रहरी प्रधान कार्यालयले औपचारिक रूपमा विस्तृत जानकारी दिएको छैन ।
स्रोतका अनुसार केही आन्तरिक प्रशासनिक तथा आर्थिक विषयमा उजुरी परेपछि त्यसबारे जानकारी लिन एसपी कुँवरलाई मुख्यालय बोलाइएको हो ।

