सशस्त्र प्रहरी मटिअर्वाका डीएसपी भट्टराई छानबिनकालागी हेडक्वार्टर तानिए

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 197
पढ्न लाग्ने समय : 1 मिनेट
Oplus_131072

२ पुस, बारा: बाराको मटिअर्वा स्थित सशस्त्र प्रहरीको प्रस्तावित गुल्मका डीएसपी छानबिनकालागी हेडक्वार्टर तानिएका छन ।
सशस्त्र प्रहरी मुख्यालयले सशस्त्र प्रहरी नायब उपरीक्षक डीएसपी विदुर भट्टराईलाई छानबिनकालागी तानेको हो ।

डीएसपी भट्टराई तस्करी कार्यमा संलग्न रहेको गुनासो र उजुरी आएपछी छानबिनकालागी मुख्यालय तानिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कुमार न्यौपानेले जानकारी गराए ।
डीएसपी भट्टराईमाथी छानबिन र अनुसन्धान भईरहेको प्रवक्ता न्यौपानेले जानकारी गराए ।
डीएसपी भट्टराईले तस्करहरुसँग आर्थिक लाभ लिएर मटिअर्वा नाकाबाट व्यापक तस्करी गराउँदै आएको उजुरी मुख्यालयमा परेको थियो ।

डीएसपी भट्टराई आफै खटेर आर्थिक लाभ लिएर तस्करी गराउँदै आएका थिए ।

डीएसपी भट्टराईलाई सशस्त्र प्रहरी मुख्यालयले पाँच दिन अगाडि तानेको हो ।

  • An error has occurred, which probably means the feed is down. Try again later.