१६ चैत्र, बारा: नेकपा एमालेका पालिटब्युरो सदस्य तथा प्रतिनिधि सभा सदस्य अच्चुत मैनालीले शिक्षाको स्तरलाई उकास्न अझै शिक्षकहरु कसिएर लाग्नु पर्ने बताएका छन ।
नेपाल राष्ट्रिय शिक्षक संगठन बाराको १४ औ जिल्ला अधिवेशनलाई कलैयामा उद्धघाटन गर्दै मैनालीले शिक्षकहरुको हकहित संरक्षण एवम सम्बर्द्धन गर्नका लागि सरकार लागि परेको बताउदै आफुले पनि बेला बखतमा शिक्षकहरुले भोग्दै आएका समस्याहरुलाई समाधान गर्नका लागि सरकारलाई ध्यानाकर्षण गराउदै आएको जानकारी दिए ।
संगठनका अध्यक्ष सुरेन्द्र पासवानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलैया उपमहानगरपालिका नगरप्रमुख बिनोद साह, मधेस प्रदेशका अध्यक्ष नरेन्द्र यादव, निवृत शिक्षकहरु पलट चौधरी , केवल चौधरी अनिल मैनाली, शिक्षक अजय तिवारी लगायतकाले आफनो बिचार ब्यक्त गरेका थिए ।
अधिवेशनले बद्रीनारायण झाको अध्यक्षतामा सर्व सहमत रुपमा न्या कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा जियालाल चौधरी, महिला उपाध्यक्षमा कालिका भण्डारी , सचिवमा बिष्णु ढकाल र कोषाध्यक्षमा जयराम राउत, सहकोषाध्यक्षमा पुनम कुमारी यादव लगायतका कार्य समित चयन भएको अध्यक्ष झाले जानकारी दिए ।
केन्द्रीय प्रतिनिधीमा सुरेन्द्र पासवान सर्व सहमत रुपमा चयन भएका हुन ।
Leave a Reply