८ पुस, काठाडौं : चन्द्रागिरि नगरपालिका वडा नम्बर -१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन् ।
उनलाई सहकारी ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप उनीमाथि छ ।
प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।
उनी उक्त सहकारीका कोषाध्यक्ष हुन् ।