बुधबार, २ वैशाख २०८३-इरानमा पक्राउ परेका नेपाली युवा अमृत झा रिहा भएका छन्।
परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार झा हाल इरानस्थित मानार्थ महावाणिज्य दूतावास तथा कतारस्थित नेपाली दूतावासको सम्पर्कमा रहेका छन्। उनलाई सुरक्षित रूपमा इरानबाट बाहिर ल्याउने प्रक्रिया अघि बढाइएको पनि मन्त्री खनालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
झा मध्यपूर्व क्षेत्रमा तनाव सुरु हुनुअघि नै पक्राउ परेका थिए।
यसैबीच, इजरायल, अमेरिका र इरानबीच जारी द्वन्द्वका कारण मध्यपूर्वका विभिन्न देशमा मृत्यु भएका ३८ नेपाली नागरिकको शव अझै नेपाल ल्याउन बाँकी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार रियादमा १७, दुबईमा १५, जेद्दामा ५, आबुधाबीमा ४, तेलअविवमा ३, कतारमा २ तथा ओमान र बहराइनमा १/१ शव नेपाल ल्याउन बाँकी छन्।
इरानमा पक्राउ परेका अमृत झा रिहा
Leave a Comment
Leave a Comment

