१५ चैत्र,बारा: बाराको सदरमुकाम कलैया स्थित मुख्य बजारमा रहेको हनुमान मन्दिरमा गएराति चोरी भएको छ ।
मन्दिरको ढोका तोडेर अज्ञात समूहले मन्दिरको दानपेटिका चोरेर लगेको मन्दिर संचालक समितीका अध्यक्ष उमेश गुप्ताले जानकारी गराए ।
सदरमुकामको मुख्य बजार क्षेत्रको मन्दिरमा चोरी हुनुले सुरक्षा अवस्थामा प्रश्न चिन्ह खडा गरेको स्थानीयले आरोप लगाएका छन ।
बजारको सुरक्षाको छुट्टै मोबाइल सिक्स टोली परिचालन गरिएपनि प्रहरी टोली पैसा उठाउन व्यस्त रहेको पत्रकार समेत रहेका मन्दिरका सल्लाहकार संजय तिवारीले आरोप लगाए ।
मोबाइल सिक्सको प्रहरी टोली सुरक्षा व्यवस्थामा ध्यान दिनुको सट्टा पसलाहरुमा घुमेर पैसा उठाउन समय दिने गरेको तिवारीले आरोप लगाए ।
प्रहरीको टोलीले बजारमा समान भित्रीने नाकाहरुमा समेत बसेर साईकल र मोटरसाइकलमा भारतबाट कलैया बजारमा समान ल्याउनेसंग रकम उठाउन ढुकेर वस्ने गरेको आरोप समेत पत्रकार तिवारीले लगाए ।
प्रहरीले बजारकै सुरक्षाकोलागि मोबाइल सिक्स नाम राखेर प्रहरी टोली परिचालन गरेको छ ।
तर मोबाइल सिक्स टोलीले पैसा उठाउने र प्रहरीका केही अधिकृतहरुलाई मासु, रक्सी र अन्य समान पुर्ति गर्नमै समय बिताउने गरेको प्रहरी स्रोतले दाबी गरेको छ ।
कलैया बजारमा मन्दिरमा चोरी, प्रहरीको मोबाइल टोली पैसा उठाउनमा व्यस्त

Leave a Reply