आजदेखि सरकारी कार्यालयको समय ९ देखि ५ बजेसम्म, सातामा २ दिन बिदा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, चैत २३ – आजदेखि सरकारी कार्यालय तथा सार्वजनिक निकाय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म खुल्ने भएका छन्।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शैक्षिक संस्थाबाहेक सरकारी कार्यालय र सार्वजनिक निकायमा यो समय लागू गरिएको हो।

त्यस्तै, अब सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा पनि लागू भएको छ।

सरकारका अनुसार शैक्षिक संस्थामा भने यो व्यवस्था नयाँ शैक्षिक सत्र सुरु हुने दिन वैशाख १५ देखि लागू हुनेछ।

यस्तै, जाडो याम (कात्तिक १६ देखि माघ १५ सम्म) कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म रहने व्यवस्था गरिएको छ।

 

Leave a Comment