३ बैशाख,बारा: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सता समीकरण नफेरिने स्पष्ट पारेका छन ।
बाराको बडहर्वामा आज नेपाली कांग्रेस क्षेत्र नम्बर-३ ले आयोजना गरेको प्रथम क्षेत्रीय सम्मेलनमा महामन्त्री थापाले नेपाली कांग्रेसको कारण सता समीकरण नफेरिने बताएका हुन ।
उनले सरकारको कामगर्ने शैली ठीक ढंगले अगाडि नबढेको भन्दै काम गर्ने शैली फेर्नु पर्ने आवश्यकता रहेको बताए ।
सरकारको काम कार्बाहीको समीक्षा भईरहेको बताउँदै महामन्त्री थापाले चाँडै शैली परिवर्तन गरिने धारणा राखे ।
उनले सरकारले अविलम्ब शिक्षकहरुलाई कार्यक्षेत्रमा फर्काउने वातावरण तयार गर्नुपर्ने आवश्यकता औल्याए ।
उनले संविधान प्रति देखिएका केही असन्तुष्टि सम्बोधन गर्न अबको एक बर्षभित्रमा संविधान संशोधन गरिने स्पष्ट पारे ।
नेपाली कांग्रेसको महाधिवेशन तोकिएकै समयमा गरिने महामन्त्री थापाले कार्यकर्ताहरुलाई आश्वासत पारे ।
कार्यक्रममा नेपाली कांग्रेसका सह महामन्त्री फरमुल्लाह मंसुरले विधान र पद्धति अनुसार पार्टी चल्नुपर्नेमा जोड दिए ।
उनले प्रतिगामी तत्वहरु सलबलाउन थालेको भन्दै त्यसलाई निस्तेज पार्न सबै सचेत हुनु पर्ने बताए ।
अर्का सहमहामन्त्री उमाकान्त चौधरीले मधेस कांग्रेसको उर्वर भुमि भएको बताउँदै मधेसमा पार्टीलाई बलियो बनाउन बिशेष ढंगले अगाडि बढनुपर्नेमा जोड दिए ।
क्षेत्रीय सभापति प्रभात चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेश उपसभापति चन्द्राशेखर यादव्ब्र वीरेन्द्र सिँह,सहमहामन्त्री जयनारायण यादव,जिल्ला सचिव भैयाराम यादव, क्षेत्रीय सभापति विजयशंकर यादव,महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादव लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमको संचालन क्षेत्रीय सचिव राजेश भण्डारीले गरेका थिए ।
Leave a Reply