बाराको कलैयाका एक दर्जन अस्पताल बन्द गर्न प्रदेश सरकारको निर्देशन

बिश्व खबर
पढ्न लाग्ने समय : 1 मिनेट

१३ बैशाखं बारा: मधेस प्रदेश सरकारले बाराको कलैयाका एक दर्जन निजी अस्पताल बन्द गराएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज कलैयामा सञ्चालनमा अस्पतालहरुको अनुगमन पछि एक दर्जन अस्पताल बन्द गर्न निर्देशन दिएका हुन ।
मुख्यमन्त्री सिंहले मापदण्ड विपरीत संचालनमा रहेका कलैयाका १२ वटा निजी अस्पताल बन्द गर्न निर्देशन दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री सिंहले आज कलैया स्थित प्रादेशिक अस्पताल र विभिन्न निजी अस्पताल तथा पोलिक्लिनिकहरुको अनुगमन गर्ने क्रममा मापदण्ड पुरा नगरेका १२ वटा निजि अस्पताल तथा पोलीक्लिनिक बन्द गर्न निर्देशन दिएका हुन ।

मुख्यमन्त्री सिंहले बन्द गर्न निर्देशन दिएका अस्पताल तथा क्लिनिकहरुले मापदण्ड विपरीत अस्पतालमा शल्यक्रिया , आकस्मिक सेवा तथा नवजात शिशुको आकस्मिक सेवा संचालन गरेको पाईएको छ ।

मुख्यमन्त्री सिंह नेतृत्वको टोलीले कलैयामा संचालनमा रहेका योगशिला हस्पिटल प्रा.लि, कलैया सब मेट्रोसिटी हस्पिटल प्रा.लि, कलैया हस्पिटल प्रा.लि , समाज प्रसुति तथा जेनेरल अस्पताल प्रा.लि, राज लक्ष्मी रिलिफ हस्पिटल प्रा.लि, रारा हस्पिटल प्रा लि, राजकुमारी पोलि क्लिनिक, न्यु जिवन ज्योति डेन्टल क्लिनिक , राम हेल्थ क्लिनिक , कृष्णा डेन्टल क्लिनिक , स्टार डेन्टल क्लिनिक र आशिर्वाद हस्पिटल लाई बन्द गर्न निर्देशन दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
मापदण्ड विपरीत कलैयामा संचालनमा रहेका अस्पतालहरु बेलाबेलामा विवादमा पर्दै आएका छन ।

Leave a Comment