काठमाडौं : संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा सरकारका तर्फबाट विभिन्न महत्वपूर्ण विधेयक प्रस्तुत गर्ने कार्यसूची तय गरिएको संसद् सचिवालयले जनाएको छ।
आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव संसद्मा पेश गर्ने तयारी गरेका छन्। सरकारले पर्यटन क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित उक्त विधेयक अघि बढाउन लागेको बताइएको छ।
त्यसैगरी प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।
बैठकमा ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथि दफाबार छलफल गरी पारित गर्ने प्रस्ताव पनि प्रस्तुत गरिनेछ।
संसद् सचिवालयका अनुसार निर्वाचन प्रणाली, मतदाता व्यवस्थापन तथा कानुनी संरचनालाई थप प्रभावकारी बनाउने उद्देश्यले यी विधेयक अघि बढाइएको हो। आजको बैठकलाई सरकारका लागि महत्त्वपूर्ण विधेयक अगाडि बढाउने अवसरका रूपमा हेरिएको छ।
प्रतिनिधिसभा बैठक आज बस्दै, तीन महत्वपूर्ण विधेयकमाथि छलफल हुने
Leave a Comment
Leave a Comment






