२५ भदौ, बारा ।
देशको हालको असहज परिस्थिति र सुरक्षाजन्य संवेदनशीलतालाई मध्यनजर गर्दै बाराका जितपुरसिमरा उपमहानगरपालिका र कलैया उपमहानगरपालिकाले आफ्ना कार्यालय तथा वडा कार्यालयहरूमा सेवा प्रवाह स्थगित गर्ने निर्णय गरेका छन्।
जारी गरिएको सूचनामा दुवै उपमहानगरपालिकाले अत्यावश्यक सेवाबाहेक (जस्तै सरसफाइ, स्वास्थ्य, सरसर्कस तथा विपद् व्यवस्थापन) अरु सबै प्रकारका सेवा आगामी सूचना नभएसम्मका लागि रोकिएको उल्लेख छ।
जनताको सुरक्षालाई प्राथमिकतामा राख्दै सेवाग्राहीले असुविधा व्यहोर्नुपरेमा क्षमाप्रार्थी रहँदै दुवै उपमहानगरपालिकाले परिस्थितिअनुकूल पुनः सेवा सञ्चालन गर्ने जनाएका छन्।
त्यस्तै, दुवै उपमहानगरपालिकाले नगरवासीलाई अनावश्यक आवतजावत नगर्न र शान्ति सुरक्षा कायम राख्न सहयोग गर्न पनि अनुरोध गरेका छन्।


