जंगी अड्डामा अन्तरिम सरकार गठनबारे उच्चस्तरीय वार्ता सुरु

बिश्वखबर
पढ्न लाग्ने समय : 1 मिनेट

२६ भदौ, काठमाडौं ।
देशको अस्थिर राजनीतिक अवस्थाबीच अन्तरिम सरकार गठनको तयारीलाई तीव्रता दिँदै जंगी अड्डामा आजदेखि उच्चस्तरीय वार्ता सुरु भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल र पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीबीच भएको छलफललाई निर्णायक मानिएको छ। जेन–जी आन्दोलनकारीहरूको साझा समर्थनमा सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्वको लागि अगाडि सारिएको हो।

सुरुमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई नेतृत्वका लागि प्रस्ताव गरिएको थियो। तर शाहले उक्त जिम्मेवारी लिन अस्वीकार गरेपछि उनले समेत समर्थन जनाउँदै कार्कीको नाम अघि सारिएको हो।

आजको वार्तामा अन्तरिम सरकारको स्वरूप, नेतृत्वको भूमिका र सहभागी हुने अन्य व्यक्तिहरूको नामबारे छलफल हुने जनाइएको छ। छलफलमा जेन–जी समूहका प्रतिनिधि र मेयर बालेन शाह पनि सहभागी हुने अपेक्षा गरिएको छ।

राजनीतिक अस्थिरता, प्रदर्शन र कर्फ्यूबीच सुरु भएको यो वार्ताले मुलुकको आगामी राजनीतिक दिशानिर्देशन गर्ने अनुमान गरिएको छ।

Leave a Comment