२३ वैशाख, काठमाडौं : जनता समाजवादी पार्टी फुटेको छ ।
पार्टीका नेता अशोक राई नेतृत्वमा जसपा विभाजित भएको हो ।
राई समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग संघीय संसदमा १२ सांसद छन्, उनीहरुमध्ये ७ सांसद निर्वाचन आयोग पुगेका सांसद प्रदीप यादवले जानकारी दिए ।
निर्वाचन आयोग पुग्नेमा अशोक राई, नवलकिशोर साह सुडी, प्रदीप यादव, रञ्जु झा, वीरेन्द्र महतो, हसिना खान र सुशीला श्रेष्ठ रहेका छन् ।
त्यस्तै केन्द्रीय कार्यकारिणी समितिका ९ जना र केन्द्रीय समितिका २७ जनाले राई समूहलाई साथ दिएका छन् ।
उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीसमेत रहेका जसपा अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका बेला अर्को समूहले निर्वाचन आयोगमा आधिकारिकता दाबी गरेको हो ।