अहिलेको दलिय सिण्डिकेटलाई तोडदै दलतन्त्रको विकल्प खोजौं : आजपा अध्यक्ष प्रभु साह

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 166
पढ्न लाग्ने समय : 2 मिनेट

विरगंज ।
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अहिलेको दलिय सिण्डिकेटलाई तोडदै दलतन्त्रको विकल्प खोज्ने समय आईसकेको बताएका छन ।
किसान मजदुरको रगत पसिनाबाट नेता बनेकाहरु आजको दिनमा भगौडा दलाल पूँजीपति बर्गका लागि काम गरिरहेको बताएका छन् ।

जनयुद्ध दिवसको अवसरमा विरगंजमा आज आम जनता पार्टीद्धारा आयोजित “दलतन्त्रको उपहार ः नेपालीहरु विदेशमा मर्ने र विदेशीहरु नेपालमा काम गर्ने” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले यस्तो बताएका हुन् ।

‘प्रचण्ड नेतृत्वको सरकार कुन बर्गको हो ? भन्ने प्रश्न उठेकोछ । किसान मजदुरको रगत पसिनाबाट नेता बनेकाहरु आज भगौड़ा दलाल पूँजीपति वर्गको लागि काम गरिरहेकोछ । देश बनाउने संकल्प लिएकाहरु निजी स्वार्थमा परेर देश बर्बाद गर्न लागेका छन्’ साहले भने, ‘देशमा रोजगारी नपाएर नेपालीहरु विदेशमा मरिरहेको र अर्को तिर नेपालको अधिकांश उधोगहरु विदेशी कामदारले भरिएको वर्तमान अवस्था छ । किसान मजदुरको रगत–पसिनाबाट उदाएका माओवादी नेतृत्वको सरकारमा यस्तो कहालिलाग्दो अवस्था निर्माण हुनू दुखद एवं दुर्भाग्यपूर्ण विषय हो ।’

‘पथभ्रष्ट गद्दारहरुलाई बहिष्कार गरौं ! जनयुद्ध दिवसको सम्मान गरौँ !!’ भन्ने मुल निष्कर्षलाई आत्मसात गरेर अगाडि बढ्न सम्पूर्ण देशभक्त जनतामा अपिल गर्दै आजपा अध्यक्ष साहले जनयुद्ध दिवसको सबैमा शुभकामना व्यक्त गरेका छन् ।

आम श्रमजीवि वर्ग, सर्वसधारण, किसान, मजदुर लगायतकालाई पीडादायि अवस्थामा पुर्याउँने दलतन्त्रको विकल्प नखोजिए यो भन्दा ठुलो दुःख भोग्नुपर्ने अवस्था आउँने उनले बताए ।

‘अहिले देशको आर्थिक अवस्था दिनदिनै खस्किदै गएको छ । दलाल पूँजीपतिवर्ग हावी हुने, भगौडाहरुले आफ्नो सम्पती बेचेर विदेशमा थुपार्ने र उनीहरुलाई नै सरकारले सहयोग हुने गरी कानून पनि निर्माण गरिने लगायतका कारणले मुलुकको अवस्था झनै खराब हुदैगएको यथात कुरा हामी देखिरहेका छौं’ साहले भने, ‘मुलुकलाई समृद्ध बनाउँने हो भने, श्रमजिवि वर्ग, किसान, मजदुर, सर्वसधारणको सम्मान हुनैपर्छ । तर सरकार यो बर्गको हितमा हुने काम गरिरहेको छैन्, यो दुःखद कुरा हो ।’

Leave a comment