२७ चैत २०८२, शुक्रबार,काठमाडौं-नवनिर्वाचित उपसभामुख रुबीकुमारी ठाकुरले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै औपचारिक रूपमा जिम्मेवारी सम्हालेकी छन्।
राष्ट्रपति निवास शीतलनिवासमा आयोजित समारोहमा सभामुख डोलप्रसाद अर्यालले उनलाई शपथ गराएका हुन्।
शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, प्रधानमन्त्री बालेन्द्र शाहसहित उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।
यसअघि शुक्रबार भएको निर्वाचनमा ठाकुरले राप्रपाकी उम्मेदवार सरस्वती लामालाई पराजित गर्दै उपसभामुख पदमा जित हासिल गरेकी थिइन्।
श्रम संस्कृति पार्टीबाट प्रतिनिधित्व गर्ने ठाकुरलाई रास्वपा, नेपाली कांग्रेस र नेकपासहितका दलहरूको समर्थन प्राप्त भएको थियो।






