रौतहटमा करेन्ट लाग्दा पूर्व वडाध्यक्षको मृत्यु

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

रौतहट — रौतहटको गौर नगरपालिका–५ का पूर्व वडाध्यक्ष रामस्वार्थ राय यादवको करेन्ट लागेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार यादव बुधबार बिहान आफ्नै बाख्रा फार्ममा मोटर चलाउने क्रममा करेन्ट लागेको हो। करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। विद्युत् उपकरणमा आएको समस्या वा असावधानीका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।

स्थानीयहरूले घटना दुखद भएको भन्दै सुरक्षा सावधानी अपनाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

Leave a comment