काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
काठमाडौँस्थित सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन्। बैठकमा समसामयिक राजनीतिक विषय, सरकारका प्राथमिकता र नीतिगत निर्णयबारे छलफल हुने अपेक्षा गरिएको छ।
शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। उनले बैठकको कार्यसूचीबारे विस्तृत जानकारी भने सार्वजनिक गरेका छैनन्।
सरकारका पछिल्ला गतिविधि, नीतिगत निर्णय र समसामयिक मुद्दामा आवश्यक निर्णय लिन बैठक बोलाइएको स्रोतले जनाएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
Leave a Comment
Leave a Comment

