काठमाडौं, वैशाख ९ — गृहमन्त्री सुदन गुरुङ ले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गर्दै तत्काल लागू हुने गरी जिम्मेवारी त्यागेको बताएका हुन्।
गुरुङले आफू सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा बस्दा कुनै ‘कन्फ्लिक्ट अफ इन्टेरेस्ट’ नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको स्पष्ट पारेका छन्। उनले सार्वजनिक जीवन स्वच्छ र नेतृत्व उत्तरदायी हुनुपर्ने भन्दै नैतिकताको आधारमा यस्तो निर्णय लिएको बताएका छन्।
उनले आफ्नो भनाइमा देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलन ले पनि यही सन्देश दिएको उल्लेख गरेका छन्। “मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो,” भन्दै उनले जनविश्वासलाई सबैभन्दा ठूलो शक्ति मानेका छन्।
पछिल्ला दिनमा आफ्नो शेयरसम्बन्धी विषयमा उठेका प्रश्न र जनचासोलाई गम्भीर रूपमा लिएको उल्लेख गर्दै गुरुङले त्यसप्रति नैतिक जिम्मेवारी निर्वाह गरेको बताएका छन्। साथै, उनले सबैलाई सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा उभिन आह्वान गरेका छन्।
राजीनामासँगै उनले सञ्चारमाध्यमप्रति पनि प्रश्न उठाउँदै केही मिडियाकर्मीको ‘स्वीट शेयर’ सम्बन्धी विषय पनि क्रमशः बाहिर आउने संकेत गरेका छन्।
गृहमन्त्री सुदन गुरुङको राजीनामा: नैतिकता देखाउँदै पदबाट बाहिरिए
Leave a Comment
Leave a Comment

