कलैया प्रादेशिक अस्पतालमा थाइराइड जाँच सेवा एक हप्ताभित्र पुनः सञ्चालन हुने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

कलैया, बारा — प्रादेशिक अस्पताल कलैयामा थाइराइड जाँच सेवा एक हप्ताभित्र पुनः सुचारु हुने भएको छ। अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. अजय गुप्ताले शुक्रबार बिरामीहरूको स्वास्थ्य परीक्षणका क्रममा सो जानकारी दिएका हुन्।

डा. गुप्ताका अनुसार करिब ४० लाख रुपैयाँ मूल्यको थाइराइड जाँच मेसिनमा प्राविधिक समस्या आएपछि सेवा अस्थायी रूपमा रोकिएको थियो। “मेसिनमा आएको समस्या इन्जिनियरले पहिचान गरेका छन्, आवश्यक समान विदेशबाट मगाइरहेका छौं, जसका कारण केही समय लागेको हो,” उनले भने।

उनले थपे, “अब एक हप्ताभित्र मेसिन पूर्ण रूपमा सञ्चालनमा आउनेछ र बिरामीहरूले रिपोर्टका लागि बाहिर जानु नपर्नेछ।”

डा. गुप्ताले उक्त मेसिनबाट प्राप्त हुने रिपोर्ट गुणस्तरीय र स्पष्ट हुने दाबी पनि गरेका छन्। अस्पताल प्रशासनले सेवा छिट्टै नियमित गर्न प्राविधिक तयारी तीव्र रूपमा अघि बढाइरहेको जनाएको छ।

Leave a Comment