द सहारा सहकारी वास्तवमै जनताको सहारा बनेको छ: प्रदेश सभा सदस्य समिर

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 202
पढ्न लाग्ने समय : 2 मिनेट

७ पुस, बारा :मधेस प्रदेश सभा सदस्य महम्मद समिरले द सहारा लोन सेविङ्सको – अपरेटिभ सोसाइटी लिमिटेड आज वास्तवमा जनताको सहारा भएको बताएका छन ।

बाराको निर्वाचन क्षेत्र ३ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य समिरले सहकारी सबैको सहारा भएको बताएका हुन ।

द सहरा लोन सेविङ्सको – अपरेटिभ सोसाइटी लिमिटेडको २८ औ बार्षिक साधारण सभा सम्बन्धि छलफल कार्यक्रममा आज कलैयामा प्रमुख अतिथिको रुपमा यस्तो कुरा बताएका हुन ।

उहाले देशमाफैलिएको बिकृतीलाई चिर्दै द सहाराले गरेको काम र जनता प्रति देखिएको उतारदायित्वको लागि धन्यवाद दिएका थिए ।

कार्यक्रममा बिरगंज शाखाका प्रबन्ध निर्देशक श्याम सुन्दर चौधरी , गरिमा बिकास बैक कलैया शाखाका शाखा प्रमुख नन्द किशोर यादव ,पत्रकार महासघ वाराका पुर्व अध्यक्ष लक्ष्मी साह,नेपाल पत्रकार महासघका नव निर्वाचित केन्द्रिय सदस्य सिकेन्द्र पासवान र राजु बिश्वकर्मा , नव निर्वाचित नेपाल पत्रकार महासघ वाराका अध्यक्ष रमेश सुवेदी , नागरिक समाज वाराका अध्यक्ष उमेशलाल दास, उधोग बाणिज्य सघका अध्यक्ष राजकुमार साह,ब्रह्मकुमारी राजयोग सेवा केन्द्र कलैयाका मुख्य संचालिका मिना दिदी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासघका नव निर्वाचित केन्द्रिय सदस्य सिकिन्द्र पासवान, राजु बिश्वकर्मा , नेपाल पत्रकार महासघ मधेस प्रदेशका कोषाध्यक्ष अनिल गौरव , मधेस प्रदेशका कार्यसमिति सदस्य सँजीव मिश्र ,नेपाल पत्रकार महासघ वारा निर्बाचित उपाध्यक्ष पनालाल दास, कार्यसमिति सदस्य जिउत प्रसाद यादव , धिरेन्द्र तिवारी , प्रभु यादव लगाएका पत्रकारकाहरूको सफल कार्यकालको शुभकामना सहित दोसाला ओढाइ सम्मान गरेका थिए ।

द सहारा कलैया शाखा प्रबन्धक रंजित रायले कार्यालयको आर्थिक अवस्थाका बारेमा जानकारी गराएका थिए ।

द सहरा लोन सेविङ्सको – अपरेटिभ सोसाइटी लिमिटेड संचालक समितिका सदस्य राकेश पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन पत्रकार जयनारायण यादवले गरेका थिए ।

  • An error has occurred, which probably means the feed is down. Try again later.