सभ्य समाज निर्माणमा ब्रम्हकुमारी राजयोग सेवा केन्द्रको महत्वपुर्ण भुमिका छ : पुर्व साँसद यादव

बिश्व खबर
पढ्न लाग्ने समय : 2 मिनेट

१४ फागुन,बाराअ: बाराको निर्वाचन क्षेत्र नम्बर ३ का पुर्व संघिय साँसद रामबाबु कुमार यादवले सभ्य समाज निर्माणमा ब्रम्हकुमारी राजयोग सेवा केन्दको ्र महत्वपुर्ण भुमिका खेली रहेको बताएका छन ।
महा शिवरात्रीको पावन अवश्रमा ब्रम्हकुमारी राजयोग सेवा केन्द्र कलैया बाराले आयोजना गरेको बर्तमान समयमा शिवरात्रीको अद्धितीय महत्व अध्यात्मिक प्रवचन कार्यक्रमलाई प्रमुख अतिथीको आसनवाट सम्बोधन गर्दै पुर्व साँसद यादवले समाजमा दिनानु दिन बढदै गईरहेको अराजकतालाई चिरदै आपसी सदभाव, भाईचरा, कायम गराउदै सबै खाले विभेदलाई अन्त्य गर्ने दिशामा राजयोग सेवा केन्द्रका संचालिकाहरु महत्वपुर्ण भुमिका खेली रहेको भनदै प्रसंसा समेत व्यक्त गरेका थिए ।
बिकृति, बिसंगतिलाई चिरदै समाजमा शान्ति स्थापना गर्ने काममा समेत ब्रम्हकुमारी राजयोग सेवा केन्द्रका कर्मचारीहरु निस्वार्थ रुपमा लाग्नु नै उनीहरुको महानता हो पुर्व साँसद यादवले भने ।
ईश्वरी शतिmले समाज परिवर्तनमा ठुलो टेवा पुगाउनुको साथसाथै व्यक्तिलाई सही दिशामा समेत लान प्रेरित गर्ने गरेको बताउदै पुर्व साासद यादवले शिवबाबाले हामी सबैको दुख हर्ने गरेको समेत बताए ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै मिना दिदीले मान्छेको आत्माको ज्योतिलाई जगाउन र ज्ञानको प्रकाश दिनका लागि भगवान शिव शिवरात्रीको दिन आउने गरेको चर्चा गर्दै पृथ्यीको विनास तीन प्रकारले हुने गरेको सो अवश्रमा जानकारी दिएकी थिईन । विश्व युद्ध, गृह युद्ध, प्राकृति विपतीका कारणले संसार विनास हुने मिना दिदीले जानकारी दिउकी थिईन ।
ब्रम्ह कुमारी राजयोग सेवा केन्द्र बिरगंज कि संचालिका रबिना दिदीको अधयक्षतामा समपन्न सो सो कार्यक्रममा संविधान सभा सदस्य बलबिर चौधरी, प्रदेश सांसद पारस साह, कलैया उपमहानगरपालिकाका पुर्व नगर प्रमुख भरत बहादुर मल्ल, गोपाल सेवा समितिका अध्यक्ष जंगबहादुर यादव, नेपाली काँग्रेस कि महिला नेतृ बबिता जयसवाल, नागरिक उन्मुक्ति पार्टीका मधेस प्रदेश अध्यक्ष रामचन्द्र चौधरी, शिक्षक रामबाबु कुशवाहा लगायतकाले आफनो बिचार व्यक्त गरेका थिए ।

बिहान सेवाकेन्द्रबाट सयौको संख्यामा निकालिएको प्रभात फेरी कलैया उपमहानगरपालिकाको विभिन्न ठाँउहरुमा नगर परिक्रमा गरि पुन ओम शान्तिको भवनमा आई समापन भएको थियो ।

Leave a Comment