काठमाडौं, साउन १५ — सरकार र लघुवित्त पीडित संघर्ष समितिका प्रतिनिधिबीच शुक्रबार राति पाँच बुँदे सहमति भएको छ।
सरकारी वार्ता टोली र लघुवित्त पीडितका प्रतिनिधिबीच भएको लामो छलफलपछि सहमति जुटेको हो। सहमतिपछि लघुवित्त पीडितहरूले जारी आन्दोलन तथा आमरण अनशनसहितका सबै विरोधका कार्यक्रम तत्कालका लागि फिर्ता लिएका छन्।
दुवै पक्षले सहमतिका बुँदाहरू कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्। सरकार र पीडित पक्षबीचको यो सहमतिलाई लघुवित्तसँग सम्बन्धित समस्या समाधानतर्फको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।
सहमतिपछि आन्दोलनका कार्यक्रम स्थगित
सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन र अनशन फिर्ता
Leave a Comment
Leave a Comment

