गृहमन्त्री अर्याल भन्छन्– “कतिपय काम सार्वजनिक गर्न मिल्दै

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२३ कात्तिक, काठमाडौं।
गृहमन्त्री ओम प्रकाश अर्यालले गृह मन्त्रालयका गतिविधिहरू पूर्ण रूपमा सार्वजनिक गर्न नसकिने बताएका छन्। सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिंदै उनले मन्त्रालयको संवेदनशीलताका कारण कतिपय काम खुलाउन नपाइने स्पष्ट पारेका छन्।

अर्यालले लेखेका छन्, “गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो। कतिपय विषयमा के गर्दैछौं भन्न पनि मिल्दैन, के गर्‍यौं भन्न पनि नमिल्ने अवस्था हुन्छ। आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक हामीसँग अरु विकल्प हुँदैन।”

हाल जेनजीका अगुवा सुदन गुरुङले गृहमन्त्री अर्यालको कार्यशैलीमाथि प्रश्न उठाइरहेका बेला उनले यस्तो स्पष्टीकरण दिएका हुन्।

गृहमन्त्री अर्यालका अनुसार सरकारले सुशासन र पारदर्शितामार्फत् देशलाई निर्वाचनको दिशामा लैजाने तयारी गरिरहेको छ। उनले सरकारका सबै निर्णय र गतिविधि देशको हितमा केन्द्रित रहेको दाबी गरेका छन्।

Leave a comment