२४ कार्तिक ,बारा-बाराको निजगढ–पथलैया सडकमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान उनको मृत्यु भएको हो तर मृतकको पहिचान भने खुलिसकेको छैन। स्थानीय सञ्चारकर्मी इन्दिप कोइरालाका अनुसार हिजो मध्यरातमा पसाह खोला नजिक हात्तीको झुण्डले सडकमा हवितण्डा मच्चाउँदा दर्जनौँ गाडीमा क्षति पुगेको थियो। आज बिहान पनि हात्तीहरू पुनः निजगढ-पथलैया बीचको ११ किलोमिटर क्षेत्रमा सडकमै आएर मानिसको ज्यान लिएपछि उक्त सडक खण्डमा यातायात अवरुद्ध बनेको छ। अहिले त्यस क्षेत्रमा प्रहरी परिचालन गरिएको छ। नजिकैको पर्सा राष्ट्रिय निकुञ्जबाट निस्कने हात्तीले यसअघि पनि यस क्षेत्रमा मानवीय क्षति पुर्याएको बताइएको छ।



Leave a Reply