काठमाडौं — आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी खेलमा अमेरिकाले नेपालसामु जितका लागि १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिका ४३ दशमलव ३ ओभरमा अलआउट हुँदै १९५ रनमा समेटियो।
एक समय ३ विकेटको क्षतिमा १५३ रन बनाएको अमेरिकाले अन्तिम समयमा लगातार विकेट गुमाउँदै थप ३७ रनमै बाँकी ७ विकेट गुमायो।
अमेरिकाका लागि स्मित पटेलले सर्वाधिक ८३ रन बनाए। उनले ८९ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। सेहन जयसूर्याले ५० रनको अर्धशतकीय पारी खेले भने मिलिन्द कुमारले २८ रन जोडे।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। सोमपाल कामीले २ विकेट लिए भने सन्दीप लामिछाने र गुलशन झाले समान १–१ विकेट हात पारे।
लिग–२ मा नेपाललाई एकदिवसीय मान्यता जोगाउन शीर्ष ६ भित्र रहनुपर्ने दबाब छ। त्यसैले अमेरिकाविरुद्धको आजको खेल नेपाली टोलीका लागि अत्यन्त महत्वपूर्ण मानिएको छ।
लिग–२ क्रिकेटमा नेपाललाई अमेरिकाको १९६ रनको लक्ष्य
Leave a Comment
Leave a Comment







