निर्वाचनका लागि भारतको सहयोग: ६१ गाडी हस्तान्तरण, थप ५ सयभन्दा बढी आउने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, १३ माघ — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित गर्दै भारत सरकारले नेपाल सरकारलाई सवारी साधन सहयोग उपलब्ध गराउन थालेको छ। पहिलो चरणमा ६१ वटा क्याबिन पिकअप भ्यान नेपाललाई हस्तान्तरण गरिएको छ।

सिंहदरबारमा आयोजित कार्यक्रममा भारतीय दूतावासले नेपाल सरकारलाई ती गाडी औपचारिक रूपमा हस्तान्तरण गरेको हो। हाल उक्त सवारी साधनहरू गृह मन्त्रालय अगाडि राखिएका छन्।

कसरी आयो सहयोग?

निर्वाचन व्यवस्थापनमा आवश्यक सवारी अभाव हुने देखिएपछि गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत भारत सरकारसँग वस्तुगत सहयोग माग गरेको थियो। सोही प्रस्तावअनुसार भारतले गाडी उपहार दिएको हो।

यतिमै सीमित छैन सहयोग

यस पटकको निर्वाचनका लागि भारत सरकारले सानाठूला गरी कुल ५३८ वटा गाडी उपलब्ध गराउने जानकारी दिइएको छ। अहिले हस्तान्तरण गरिएका ६१ गाडी पहिलो चरणको सहयोग हो।

निर्वाचनपछि के हुन्छ?

यी सबै सवारी साधन नेपाल सरकारको नाममा आएका कारण निर्वाचन सम्पन्न भएपछि सरकार आफैंले आवश्यकताअनुसार प्रयोग गर्न सक्नेछ।

अघिल्ला चुनावमा पनि सहयोग

भारत सरकारले यसअघि पनि नेपालमा निर्वाचन सम्पन्न गर्न सवारी साधन तथा निर्वाचन सामग्री सहयोग गर्दै आएको छ। यसलाई दुई देशबीचको प्रशासनिक सहकार्यको निरन्तरता मानिएको छ।

Leave a Comment